नियम १६
विज्ञापन वा परीक्षा रद्द गर्न सक्ने
(१) नियम १३ बमोजिम प्रकाशित विज्ञापन सामान्यतया रद्द गरिने छैन । तर कुनै अप्रत्यासित कठिनाई आइपरेमा वा प्राविधिक कारण परेमा त्यस्तो कारण खोली पदपूर्ति समितिले त्यस्तो विज्ञापन रद्द गर्न वा स्थगित गर्न सक्नेछ ।
(२) प्रतियोगिताका लागि कुनै पनि परीक्षा सञ्चालन हुँदाका बखत परीक्षा केन्द्रमा कुनै प्रकारको गडबडी वा अनियमितता भएमा वा कुनै बाधा अवरोध खडा भई एक वा सवै केन्द्रमा अांशिक वा पूर्ण रुपले परीक्षा सञ्चालन हुन नसकेमा सो दिनको परीक्षा वा सोसँग सम्बन्धित विज्ञापनको सम्पूर्ण परीक्षा पदपूर्ति समितिले कारण जनाई आंशिक वा पूर्णरुपले रद्द गर्न सक्नेछ ।
(३) कुनै कारणले विज्ञापन वा परीक्षा रद्द भएमा वा उम्मेदवारको दरखास्त अस्वीकृत भएमा उम्मेदवारले बुझाएको परीक्षा दस्तुर फिर्ता हुनेछ ।